सिटिजन्स बैंकद्वारा हकुना माटाटालाई आर्थिक सहयोग प्रदान
काठमाडौं– ‘ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एच .आई भी संक्रमित बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको “साथ” नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई रू एक लाखको आर्थिक सहयोग गरेको छ ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाखको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई लाई हस्तान्तरण गरिएको छ । हकुना माटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक क्रिस्टिमा कार्कीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा