बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौला रोगबाट जोगिन के गर्ने ?

आइतबार, ०४ चैत २०७४, १५ : ४०
आइतबार, ०४ चैत २०७४

पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै छ । त्यसमा पनि पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिएको छ । महिलामा पुरुषको दाँजोमा पिसाबको संक्रमण धेरै हुने गर्दछ । महिलाको पाठेघर र पिसाबनली नजिक र छोटो हुन्छ । त्यसैले संक्रमण हुने सम्भावना बढी हुन्छ । पिसाब संक्रमणपछि मिर्गौला बिग्रने सम्भावना धेरै हुन्छ । त्यसमा पनि गर्भवती महिलामा मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ ।

किन बिग्रन्छ मिर्गौला ?
गर्भवती महिलामा मिर्गौलामा खराबी हुने खतरा बढी हुन्छ । प्रिक्लाम्प्सिया भएका महिलामा मिर्गौला रोग लाग्ने सम्भावना अन्यभन्दा ५ प्रतिशत बढी हुने गर्दछ । सुत्केरी समयमा राम्रोसँग आराम नगर्दा, स्वस्थकर खानेकुरा नखाँदा महिलालाई यो रोग लाग्न सक्छ । यो रोग पुरुषभन्दा महिलालाई बढी लाग्ने गर्दछ । विश्वमा १२ प्रतिशत पुरुष र १४ प्रतिशत महिला यसबाट ग्रस्त छन् ।

के गर्ने ?
गर्भवती महिलाकोे स्वास्थ्यमा समस्या देखा परे पेटमा रहेको बच्चामा पनि असर पर्न सक्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ । तौल कम भएर जन्मने बच्चा तथा बच्चा गर्भमा रहेको समयमा आमा बिरामी हुँदा जन्मने बच्चाको मिर्गौलामा समस्या देखा पर्दछ ।

कसरी बच्ने ?
मिर्गौलामा रोग लाग्न नदिन शारीरिक व्यायाम प्रशस्त गर्नुपर्छ । मर्निङवाक, जिम, प्राणायाम, योग, खेलकुदजस्ता शारीरिक व्यायाम गर्नुपर्छ । स्वस्थ रहन जीवनशैली पनि स्वस्थ हुनुपर्छ । खानपान राम्रो भएन भने मिर्गौला बिग्रन सक्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । वर्षमा एकपटक कम्तीमा मिर्गौला जाँच गराउनुपर्छ । दुखाइ कम गर्ने एन्टिबायोटिक र पेनकिलरको प्रयोग नगर्ने, जंकफुड नखाने गर्दा मिर्गौलालाई जोगाउन सकिन्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप