शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यौनशोषणको मामिलामा जितेन्द्रलाई राहत

आइतबार, ०४ चैत २०७४, १५ : ३८
आइतबार, ०४ चैत २०७४

मुम्बई । भारतको उच्च अदालतले रवि कपुर अर्थात जितेन्द्रमाथि लगाइएको यौनशोषणको मामिलामा अगामी जाँचमाथि तत्कालका लागि रोक लगाइदिएको छ ।

न्यायाधीस अजय मोहन गोयलले जितेन्द्रको तर्फबाट एफआइआरलाई रद्द गर्न माग गर्दै दायर गरेको याचिकाको प्रारम्भिक सुनुवाई पछि यो आदेश दिइएको हो ।

जितेन्द्रविरुद्ध उनकै आफन्त पर्ने बहिनीले ४७ वर्षअघि भएको घटनालाई लिएर यौनशोषणको आरोप लगाएकी छिन् ।

प्राप्त जानकारी अनुसार घटनाको बेला पीडिता १८ वर्ष र जितेन्द्र २८ वर्षका थिए ।

आफूलाई जितेन्द्रको मामाको छोरी बताउने ती महिलाका अनुसार जितेन्द्र त्यतिबेला उनको घर आएका थिए ।

तर, जितेन्द्रलाई अचानक चलचित्रको सुटिङका लागि सिमला जानुपरेपछि उनी पनि सँगै गएकी थिइन् ।

मौकाको फाइदा उठाउँदै जितेन्द्रले त्यहाँको होटलमा उनको यौनशोषण गरेका थिए ।

ती महिलाका अनुसार आफ्नो आमाबाबु जिवित रहेसम्म आफूले यो कुरा उठाउन नमिल्ने भएको कारण उनीहरुको मृत्यु पश्चात मात्र यो कुरा उठाएकी हुन् ।

ती महिलाका अनुसार जितेन्द्र उनको बुवाको बहिनीको छोरा हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप