शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

आइतबार, ०४ चैत २०७४, १५ : १०
आइतबार, ०४ चैत २०७४


दीपेन्द्र शर्मा 
सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । 

डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । 

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था ९झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था०ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । वीरेन्द्रनगरवासीले खानेपानीको अभाव हँुदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुंगेधारामै निर्भर हुनुपरेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाममा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ । 

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो । सुर्खेतमा पानी अभाव हुन नदिन भेरीको पानी तानेर ल्याउनका लागि विस्तृत अध्ययनसमेत पूरा गरिसकिएको छ । पानीको समस्या समाधान गर्न खानेपानीको नयाँ स्रोत थपी नयाँ धारा जडानका लागि आवेदन मागिएकामा पाँच हजारभन्दा बढी फाराम वितरण भएको छ । 

उहाँका अनुसार यही चैत ७ गतेसम्म धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाउनुपर्नेछ । अहिले आवेदन लिएर आउँदो असारदेखि मात्रै उपभोक्तालाई धारा जडानको काम शुरु गरिने आयोजनाको तयारी छ । आवेदन धेरै परे पनि प्राविधिक हिसाबले दुई हजारभन्दा बढी धारा वितरण गर्नसक्ने अवस्था छैन । 

अघिल्लो वर्ष उपभोक्ताले ९६ घण्टासम्म पानीको पालो कुर्नुपरे प िनयस पटक त्यस्तो अवस्था नआउने देवकोटाले बताउनुभयो । “यस वर्ष खडेरी नै परेमा पनि बढीमा ३६ घण्टासम्म पानीको पालो आउने छ”, उहाँले भन्नुभयो, “सबै काम गतिमा गरे अबको दुई वर्षभित्रमा कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याइने छ ।” भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उहाँको तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । 

प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हँुदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । यही अवस्थामा सुर्खेतमा अहिले २७ लाख लिटर पानी प्रतिदिन नपुग छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अब दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी संस्था सुर्खेतले जनाएको छ ।     

उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ । दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको देवकोटाले बताउनुभयो । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ । 
उजुरी पेटिकामा पर्दैनन् उजुरी 

नागरिकका गुनासा सुन्नका लागि विभिन्न सरकारी कार्यालयमा राखिएको उजुरी पेटिकामा उजुरी परेका छैनन् । कार्यालयमा राखिएका उजुरी पेटिकामा नागरिकका उजुरी नपर्दा माकुराले जालो लगाएको छ । 
जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सुन्नका लागि राखिएको उजुरी पेटिकामा अहिलेसम्म एउटा पनि उजुरी परेको छैन । नागरिकका उजुरी तथा गुनासाको सुनुवाइ समयमा नहुने र भए पनि ढिलो हुने भएकाले उजुरी पेटिकाको विश्वास कम भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बताउनुभयो । 
सूचनाको विकाससँगै कार्यालयमा पहिलाभन्दा अहिले नागरिकको सहज पहुँच हुनाले उजुरी तथा गुनासा सीधै कार्यालय प्रमुखसमक्ष प्रस्तुत गर्न सक्ने हुँदा उजुरी पेटिकामा उजुरी नपर्ने गरेको प्रजिअ सीताराम कार्कीले बताउनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप