शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुरमा इन्धन डिपो सञ्चालनमा

आइतबार, ०४ चैत २०७४, १४ : ५९
आइतबार, ०४ चैत २०७४

दाङ -तुलसीपुरमा इन्धन डिपो सञ्चालनका बारेमा लामो समयदेखिको अन्योल अब अन्त्य हुने भएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमति भएको हो । “मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो सञ्चालनका लागि पहल गर्ने बताउनु भएको छ ।”, नगरप्रमुख पाण्डेले भन्नुभयोे । मन्त्री यादवसँग तुलसीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा पनि कुराकानी भएको बताउँदै उहाँले स्थानीय तहमा उद्योग दर्ताका विषयमा पनि कुराकानी भएकोे जानकारी दिनुभयो । तुलसीपुरको टरिगाउँ विमानस्थलमा इन्धन डिपो नहुँदा यहाँको हवाई सेवा नियमित हुन सकेको छैन् भने हवाई सेवाको भाडा पनि महँगो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप