बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादीका तीन नेता किन भए ‘गुमनाम’ ?

आइतबार, ०४ चैत २०७४, १४ : २९
आइतबार, ०४ चैत २०७४

काठमाडौं– बाम गठबन्धनका प्रमुख नेताहरु केपी ओली र प्रचण्डपछिका तीनजना मुख्य नेता केही दिनयता ‘गुमनाम’ जस्तै बनेका छन् ।

प्रायः पार्टीका महत्वपूर्ण बैठक र छलफलमा नछुट्ने यी नेता झण्डै १५ दिनयता काठमाडौंमा कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

त्यतिमात्रै होइन दैनिकजसो कुनै न कुनै मिडियामा देखिने यी अनुहार पछिल्लो समय ‘रिजर्भ’ जस्तै भएपछि उनीहरुलाई उदृत गरिएका समाचार समेत देखिएका छैनन् ।
यो बीचमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाकाअध्यक्ष लगायतको निर्वाचन सम्पन्न भएका छन् ।

यहिबीचमा मन्त्रीपरिषद समेत विस्तार भएको छ ।  त्यसका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दैनिकजसो समिकरण मिलाउने छलफल थिए । तर, यस्ता छलफलमा समेत ओली र प्रचण्डपछिका यी नेता भने सहभागि भएनन् ।

अर्थात् एमाले उपाध्यक्षद्धय बामदेव गौतम र भीम रावल तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ ।

यद्यपी, यी तीनै जना नेता एमाले–माओवादी पार्टी एकताका लागि गठित कार्यदलमा व्यस्त बनेको सम्बन्धीत पार्टीका नेताहरुले बताएका छन् ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले गौतम र रावल गुमनाम नभएको भन्दै पार्टी काममै व्यस्त भएको प्रतिकृया दिए ।

एमालेका रावल र माओवादीका श्रेष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको पार्टी एकताका लागि गठित विधान मस्यौदा कार्यदलका सदस्य छन् भने गौतम पार्टी एकता संयोजन समितिका सदस्य हुन् ।
यो कार्यदलको बैठकसमेत लामो समययता बस्न सकेको छैन ।

सुरुमा फागुन २५ भित्र प्रतिवेदन तयार गर्ने भनिएपनि काम कार्यदलले पहिला तोकिएको समयमा प्रतिवेदन तयार गर्न सकेको छैन ।

गौतम र रावल गत फागुन २२ गते राष्ट्रपतिको उम्मेदवार छनोट गर्न बालुवाटारमा बसेको एमाले बैठकमा सहभागि भएका थिए ।

त्यो बैठकमा समेत त्यति धेरै नवोलेका गौतम त्यसपछि एकैपटक फागुन ३ गते काठमाडौमा भएको एक कार्यक्रममा झुलुक्कमात्रै देखिएका थिए ।

उनले फागुन ३ को कार्यक्रममा आफु पार्टी एकताका लागि जुटिरहेको प्रतिकृया दिएका छन् ।

तर, रावल भने उक्त बैठकपछि कुनै कार्यक्रममा देखिएका छैनन् । रावल अछामबाट निर्वाचत प्रतिनिधिसभा सदस्य समेत हुन् । रावल ओली नेतृत्वको मन्त्रीमण्डलमा पर्ने सुरुमा चर्चा हुदै आएको थियो ।
तर, तेस्रो पटकको मन्त्रिमण्डल विस्तारमा पनि ओलीको रोजाइमा रावल पर्न सकेनन ।

त्यस्तै माओवादी नेता श्रेष्ठ पनि पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन । गोरखाबाट नयाँ शक्तिका नेता डा बाबुराम भट्टराईसँग पराजित बनेका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा मनोनित हुने चर्चा थियो । श्रेष्ठ अहिले गृहजिल्ला गोरखाका साना साना कार्यक्रममा सहभागी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप