बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकामा संकटकाल हट्यो

आइतबार, ०४ चैत २०७४, १३ : ५७
आइतबार, ०४ चैत २०७४

कोलम्बो । बौद्ध र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व शुरु भएपछि गत मार्च ६ तारिखदेखि श्रीलंकामा लगाइएको संकटकाल हटेको छ ।

श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले आइतबार राष्ट्रव्यापी संकटकाल हटाइएको जानकारी दिएका हुन् ।

‘सार्वजनिक सुरक्षास्थितिको मूल्यांकनपछि मैले मध्यरातदेखि संकटकाल हटाउने निर्देशन दिएको छु,’ सिरिसेनाले आफ्नो ट्वीटरमा लेखेका छन् ।

क्यान्डीमा बौद्ध र मुस्लिम धर्मावलम्बीबीच साम्प्रदायीक द्वन्द्वबाट शुरु भएपछि त्यो देशको अन्य भागहरुमा पनि फैलिएको थियो ।

यसक्रममा २ जनाको मृत्यु भएको थियो भने मुस्लिम समुदायका सयौँ घरहरु तोडफोड गरिनुका साथै २० भन्दा बढी मस्जिदमा क्षति पुर्याएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएो छ ।

दुई समुदायबीच पछिल्लो समय तनाव बढ्दो छ । कट्टरपन्थी बौद्ध धर्मावलम्बीले मुस्लिम समुदायमा जबर्जस्ती धर्मपरिर्वन गर्न लगाएको र बौद्ध धर्मको प्राचिन स्थलहरुमा क्षति पुर्याएको आरोप लगाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप