शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चरेशसहित पक्राउ

आइतबार, ०४ चैत २०७४, १३ : ३९
आइतबार, ०४ चैत २०७४

रोल्पा -सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । 
रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हांैँ”, प्रहरी प्रवक्ता पन्थीले भन्नुभयो । 

अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोवार ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप