शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के अन्तरिक्ष कबाडीले धरतीलाई फन्को मारिरहेको छ ?

आइतबार, ०४ चैत २०७४, १२ : २३
आइतबार, ०४ चैत २०७४

बीबीसी 
जीवनमा केही नयाँ गर्ने प्रेरणा कहीँबाट पनि पाउन सकिन्छ । एउटा फिल्मले जापानी केटीलाई सानो उमेरमा नै वैज्ञानिक बनाइदियो । तपाईं आश्चर्यमा अवश्य पर्नुहुन्छ । तर यो सत्य हो । त्यो केटीको नाम हो एम्बर येङ्ग ।

येङ्ग स्कुलका पुस्तक पढेर हैरान भएकी थिइन् । उनी केही नयाँ गर्न चाहन्थिन् । केही यस्तो, जसले दुनियाँलाई पनि फाइदा होस र स्वम्लाई भीडबाट भिन्न पहिचान मिलोस् । 

एक दिन उनी आफ्नो घरमा हलिउड फिल्म ग्रैविटी हेर्दै थिइन् । फिल्ममा के देखाइएको थियो भने एउटा दुर्घटनामा अन्तर्राष्ट्रिय स्पेटसन ध्वस्त हुन्छ । 

फिल्म हेरिसकेपछि एम्बर येङ्गको दिमागमा घुम्न थाल्यो, हामी अन्तरिक्षमा यति ठूलो मात्रामा स्याटेलाइट, रिसर्च इन्जिन, रकेट र अन्तरिक्षयान पठाउँछौ । तिनको पनि दुर्घटना हुन्छ । यस्तोमा दुर्घटनापछि ती टुक्राटाक्री र फोहोर कहाँ जान्छ । 

यो प्रश्नले येङ्गलाई रिसर्च प्रोजेक्टमाथि काम गर्ने सोचमा पुगायो । 

अन्तरिक्षको कवाडी
येङ्गको भनाइ के छ भने अन्तरिक्षमा धेरै स्याटेलाइटका कवाडी जम्मा भएको छ । यी कवाडीले पृथ्वीको परिक्रमा गरिरहेका छन् । यस्तैमा यदि कुनै नयाँ स्याटेलाइट यो कबाडीसँग ठोक्यिो भने न केवल करोडौँको नोक्सान मात्र हुनेछैन, बरु रिसर्च प्रोजेक्ट पनि अधुरो नै रहने छ । 

येङ्गका अनुसार अहिले अन्तरिक्षमा कवाडका पाँच लाख टुक्राटाक्री पृथ्वीको परिक्रममा गरिरहेका छन् । येङ्गले कुन टुक्रा कति पुरानो हो भन्ने यो पत्ता लगाउन के कोसिस गरिरहेकी किछन् । 

पृथ्वीको चक्कर लगाउने समय त्यसको अवस्थामा कति र कसरी परिवर्तन आइरहेको छ, यसको आधारमा आउँदो समयमा यी कबाडको अवस्था कस्तो हुन्छ भन्ने उनले पत्ता लगाउने छिन् । कसरी यी कबाडलाई बचाएर नयाँ स्याटेलाइट अन्तरिक्षमा पठाउन सकिन्छ । 

येङ्गलाई आशा छ, यस रिसर्चले आउने समयमा अन्तरिक्ष यान र स्याटेलाइटहरूको ठक्करलाई रोक्न सकिन्छ । 

गणित वा विज्ञान मात्र पढाइ होइन 
यद्यपि येङ्ग आफ्नो कामको साथै कलेज पनि पढिरहेकी छ । उनी सङ्गीतको शौखिन पनि हुन् । उनी कलाप्रेमी पनि हुन् । उनलाई विभिन्न मुद्दामा लेख्न मन पराउँछिन् । 

उनको बुझाइ के छ भने पढाइका अर्थ केवल गणित अथवा विज्ञानको पढाइ मात्र होइन । बरु रचनात्मक काम पनि जीवनका लागि आवश्यक छ । 

म्युजिक र कलाको माध्यमले जीवनमा नयाँ रङ्ग भर्न सकिन्छ । 

गणितको गुणा, भाग र विज्ञानको फर्मुलाले मानिसको दिमागमा पढ्ने र बुझ्न सफलता दिलाउँछ । 

फिजिक्सलाई बुझ्न आवश्यक छ 
दुनियाँको बारेमा नयाँ दृष्टिकोण बनाउँछ । तर जीवनको सही अर्थ बुझ्नका लागि फिजिक्स बुझ्न आवश्यक छ । 

येङ्गको फिल्म हेर्ने शोख छ । उनी भन्छिन्– दैनिक मुद्दामाथि बनेका फिल्मले उनको दृष्टिकोण नै परिवर्तन गरिदियो । 

फिल्मले नै उनले आफ्नो शोख गहिरो तरिकाले बुझ्ने र त्यसमा काम गर्ने मौका पाइन् । उनी भन्छिन्, कहिलेकाही धेरै सानो कुराले हामीलाई अमूल्य काम गर्ने प्रेणा दिन्छ । 
दैनिक कामको साथसाथै हामीलाई यस्तो काम पनि गर्नुपर्छ, जुन जीवनको उद्देश्य पूरा गरिदेओस् । 

येङ्ग जसरी प्रोजेक्टमा काम गरिरहेकि छन् त्यसले विज्ञानको दुनियाँमा त फाइदा हुनुका साथै उनलाई आफ्नो अस्तित्व पनि थाह हुनेछ । येङ्गको कथा हामी सबैका लागि उदाहरण हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप