शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मंगलम्’ र ‘पञ्चायत’लाई किन दर्शक ?

आइतबार, ०४ चैत २०७४, ११ : ४१
आइतबार, ०४ चैत २०७४

काठमाडौं – पछिल्लो समय अधिकांश नेपाली चलचित्रले व्यवसाय गरेका छैनन् । 
यसो हुनुमा नेपाली चलचित्रको दर्शक छैनन् भन्ने गरिन्छ । तर गतसाता प्रदर्शनमा आएको ‘मंगलम्’ र शुक्रबारबाट प्रदर्शनमा आएको ‘पंचायत’ चलचित्रले भने राम्रो दर्शक पाइरहेको छ । यी दुबैले चलचित्रले दर्शक पाउनुको पछाडिको कारणा बिषयबस्तु रहेको बताइएको छ । 
गतसाता प्रदर्शनमा आएको चलचित्र मंगलम् यो शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा समेत प्रवेश गर्न सफल भएको छ । चलचित्रले अहिले पनि राम्रो दर्शक पाइरहेको निर्माता छबिराज झोलाले बताए । चलचित्रले उठाएको बिषयबस्तुको कारण मंगलम्ले दर्शक पाइरहेको छबिको भनाई रहेको छ ।
चलचित्रले त्रिकोणत्मक प्रेमकथा उठाएको छ । नेपाल निर्देशित मंगलम्मा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्बी राज प्रसाइ, निर शाह, मिथिला शर्मा, केशब भट्टराई र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिकामा रहेको छ । चलचित्रले आफुलाई रुहाएको हेर्ने दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन् । 
त्यस्तै पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र हो ‘पंचायत’ । यसले अहिले दर्शक पाउन सफल हुनुमा पनि बिषयबस्तुको कारण मानिएको छ ।
अभिनेत्री नीता १४ वर्षकी किशोरीको भूमिकामा देखिएकी यो चलचित्र  शिवम् अधिकारीले निर्देशन गरेका हुन् । १०० हल एकसाथबाट प्रदर्शन आएको यो चलचित्रले सबै हलमा राम्रो दर्शक पाइरहेको निर्माता रबी अधिकारीले बताए । बिदेशी महोत्सवमा बिभिन्न पुरस्कार जिन्त सफल यो चलचित्रले नेपालमा पनि रेकर्ड बनाउने उनले दाबी गरे ।
चलचित्रमा सरोज खनाल, नीता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप