बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

आइतबार, ०४ चैत २०७४, ११ : २८
आइतबार, ०४ चैत २०७४

काठमाडौं– नेपाल दाना उद्योग संघको १७ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । 
चैत्र २ गते सम्पन्न सधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । 
साधारण सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिप कुमार रुङ्टा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेश चन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुली, ज्ञानेन्द्र प्रसाद उपे्रती, डा. दिनेश गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका हुन् ।
साधारणसभाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका थिए ।
२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद्घ रहेका छन् ।
 विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ भने कुल राजस्वमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप