शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राद्वारा हेटौडामा अत्याधुनिक सेवा सुविधा भएको वर्कसपको शुभारम्भ

आइतबार, ०४ चैत २०७४, १० : ४६
आइतबार, ०४ चैत २०७४

    काठमाडौं– महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले एक वर्कसपको शूभारम्भ गरेको छ । 
हेटौडामा शुभारम्भ गरिएको उक्त वर्कसप साना र ठुला गाडीहरुका लागी उपयुक्त रहेको जनाइएको छ । 
    दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको साथ र सहकार्यमा अगाडी बडेको महिन्द्राको सो  वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि. ) , विवेक दुगड़ (प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि.) ले संयुक्त रुपमा गरे । 

    गा्रहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको जनाइएको छ । 
 वर्कसप ६८०० बर्ग फिट क्षेत्रफलमा फैलीएको छ  । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप