शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ‘ललित व्यापार मेला’ बाट हस्तकला व्यवसायी उत्साहित

आइतबार, ०४ चैत २०७४, १० : ३७
आइतबार, ०४ चैत २०७४

ललितपुर– ललितपुरको पाटनमा आयोजित ‘अन्तराष्ट्रिय ललित व्यापार मेला’ले हस्तकला व्यवसायीलाई उत्साहित गराएको छ  । 
हस्तकला व्यवसायमा मन्दी आईरहेका बेला ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्वर्ण जयन्त्रीको अवसरमा आयोजना गरेको मेलाले व्यावसायीलाई उत्साहित बनाएको हो । शनिबार सकिएको मेलामा दर्शकहरुको अवलोकन र कारोबारले आफुहरु उत्साहित भएको व्यापारीले बताएका छन् । 
मेलामा नेपालीका साथै विदेशी पर्यटकहरु पनि अवलोकन र किनमेलका लागि आएका थिए । मेला अवलोकनकर्ताहरुको घरेलु र हस्तकलाका सामग्रीमा धेरै आकर्षण रहेकोले आगामी दिनमा यसको व्यापार बढ्ने विश्वास व्यवसायीले लिएका छन् ।  
मेलामा धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित  खेलौना, सजावटका सामग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामग्री लगायतका स्टल राखिएको थियो । 
 मेलामा एक करोड ५० लाख बराबरको व्यापार भएको मेलाका संयोजक रमेश सिहले जानकारी दिए ।
संघले मेलाको अवसरमा नेपाल राष्ट्र बंैक, टक्सार विभाग मार्फत् संघको स्वर्ण जयन्ती लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैँयाको साधारण सिक्का पनि निश्कासन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप