शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्र विवाद : स्थानीयले नै सारे गाउँपालिकाको कार्यालय

आइतबार, ०४ चैत २०७४, १० : ३४
आइतबार, ०४ चैत २०७४

ताप्लेजुङ– हरेक महिनाको ३ गते सिदिङ्बा गाउँ कार्यपालिकाको नियमित बैठक बस्ने दिन हो ।
चैत ३ गते नियमित बैठकका दिन सार्वजनिक विदाको दिन भएपनि कार्यपालिकाका केही सदस्यबाहेक अधिकांशको उपस्थितिमा बैठक बस्दै थियो । तर, बैठक नसकिदै  स्थानीय जनताले ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको केन्द्र साबिकको स्थान साब्लाखुबाट सोही वडाको भञ्ज्याङमा कार्यलय सारिसेका थिए ।
वडा नं. ४ साब्लाखुको माथिल्लो क्षेत्र, वडा नं. ३ आँखोप, वडा नं. ५ लिम्बुदिन लगायतका जनताले जबरजस्त कार्यालयको बोर्ड, कार्यालयका फर्निचर लगायत सामग्री भञ्ज्याङमा पु¥याएका छन् । साविक कार्यालयदेखि भञ्ज्याङ करिव ४५ मिनेटको पैदल दुरीमा पर्दछ । यता वडा नं. ४ का वडाध्यक्ष नन्दलाल गौतमले भने गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र उपाध्यक्ष जीवनकुमार ताम्लिङकै अगुवाईमा एकाएक कार्यालयको सामग्री भञ्ज्याङ पुर्याइएको आरोप लगाए ।
वडाध्यक्ष गौतमका अनुसार नियमित बैठकका दिन शनिबार सार्वजनिक विदा परेकाले बैठक आइतबार बस्नुपर्छ भनेर आफुहरु हिँडेपछि करिव एक सयको संख्यामा आएका भञ्ज्याङबासी र अन्य वडाका स्थानीयले कार्यालय जबरजस्ती सारेका हुन् ।
यता गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले भने जनताले साब्लाखुको केन्द्र भञ्ज्याङ पुर्याएको बताए । उपाध्यक्ष ताम्लिङले हाल रहेको कार्यालय भवन साँघुरो भएकाले भञ्ज्याङ सार्ने विषयमा दुई महिना अघिदेखि नै छलफल हुँदै आएको तर कहिले सार्ने भन्ने विषयमा निर्णय भइनसकेपनि शनिबार स्थानीयले जबरजस्त कार्यालयको सामान उठाएर लगेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप