शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पानी पिउने बच्चालाई जन्डिस

आइतबार, ०४ चैत २०७४, ०९ : १७
आइतबार, ०४ चैत २०७४

नवजात शिशुलाई ब्रेस्ट मिल्कबाटै ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । यसका साथै बच्चाले आमाको दूधबाट हाइड्रेट पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ ।

नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ । पानी पिउँदा बच्चामा जन्डिस देखिने सम्भावना पनि अत्यधिक हुन्छ ।

नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्छ ।

नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउने हुन सक्छ । जुन बच्चाको स्वास्थ्यका लागि निकै हानिकारक साबित हुन्छ ।

बच्चा चार महिनाको भएपछि मात्र दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म पानी पिलाउन सकिन्छ ।

जब बच्चाले सोलिड फुड खान थाल्छ तब मात्र पानी पिउन सक्छ । यसकारण कि बच्चालाई कब्जियतको समस्या हुँदैन ।

चार महिनापछि भने शिशुलाई आमाको दूध र पानी दुवै पिलाउन पनि सकिन्छ । तर, पानीमा जोड गर्नु भने हुँदैन ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप