'१५ लाख नदिए घर उडाइदिन्छु' भन्ने विप्लवको मान्छे प्रहरी फन्दामा
काठमाडौं - राजधानीको नरेफाँटमा बस्ने एक ब्यापारीलाई १५ लाख नदिए छोरा अपहरण गर्ने र बम हानेर घर उडाउने धम्की दिएका नेकपा (विप्लव) निकट एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथली बस्ने सुरज शाहलाई ‘पैसा लिन आउनुस्’ भन्दै सादा पोशाकका प्रहरीले फलो गरेर नियन्त्रणमा लिईएको महानगरीय प्रहरी प्रमुख काठमाडौंका (एसएसपी) विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
पोखरेलका अनुसार शाहले केही दिनदेखि १५ लाख रुपैयाँ माग गरेर काठमाडौं–३२ नरेफाँट बस्ने ब्यवसायी भिष्म प्रताप भण्डारीलाई त्रासमा राखेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा बर्ष २७ का शाह विप्लव नेतृत्वको नेकपा निकट भएको खुल्न आएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
‘भृकुटी सेक्रेटरी भन्नेले हस्ताक्षर गरेर आर्थिक सहयोगका लागि लेखेको पत्र फेला परेको छ’ डिएसपी पौडेलले भने, ‘शनिवार मध्यान्ह विभिन्न स्थानमा बोलाएपछि उनी पैसा लिन आएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन, ५२ प्रतिशत अलपत्र: अध्यक्ष मगर
-
सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
-
नगर क्षेत्रको खानेपानी मापदण्ड अनुसार नै छ, पुरानो महसुलले खर्च धान्न कठिन: निमित्त महाप्रबन्धक साह
-
चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन
-
दुई वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधान गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण