शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गणेश लामालाई रिहा गर्न माग गर्दै काभ्रेमा काँग्रेसको मशाल जुुलुस, प्रहरीसँगको झडपमा एक दर्जन घाइते

शनिबार, ०३ चैत २०७४, २० : १८
शनिबार, ०३ चैत २०७४

काभ्रे । हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले निकालेको मसाल जुलुसको क्रममा प्रहरीसंग झडप भएको छ । 

लामाको रिहाइको माग गर्दै निकालेको प्रहरीले जुलसलाई रोक्ने प्रयास गर्दा झडप भएको र उक्त झडपमा केही कार्यकर्ता घाइते भएको कांग्रेसका नेता रामेश्वर ढकालले जानकारी दिएका छन् । 

झडपमा परि घाइते हुनेहरुमा २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति रमेश हुमागाई, अनिल लामा, देभराज लामा, अकोश कुमार श्रेष्ठ, महेश श्रेष्ठ लगायतका १२ जना रहेका छन् । 

हुमाइगाईको टाउकोमा चोट लागेको छ, अनिल लामाको हात भाचिएको छ, ढकालले बताए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला पार्टी सभापति मधु आर्चाय कार्यलयबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए । उपसभापति अचुत पौडेलले बनेपा बजारबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए । 

काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासैनीसँगको टेलिफोन सम्पर्कमा उनले प्रहरीसँग प्रदर्शनकारीको झडप भएको र भीडलाई नियन्त्रण लिन दुई राउण्ड अश्रुग्याँस फायर गरेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप