बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अब विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् : पूर्वप्रम खनाल

शनिबार, ०३ चैत २०७४, १९ : ५०
शनिबार, ०३ चैत २०७४

मंगलबारे । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ । 

इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम आउनुभएको उनले यस्तो बताएका हुन् । “वाम गठबन्धनको सरकार स्थायी र विकासप्रेमी हुन्छ”, उनले भने, “विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् ।” 

अब देश समृद्धिको दिशातर्फ अघि बढेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गरे । 

स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा उनको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उनले जनप्रतिनिधिलाई आग्रहसमेत गरे । 

फरक प्रसंगमा उनले इलाम र सूर्योदय नगरपालिकालाई खेलकूद क्षेत्रमा विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप