बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सद्वारा नेपालसामु १९० रनको चुनौति पेश

शनिबार, ०३ चैत २०७४, १७ : २२
शनिबार, ०३ चैत २०७४

 
 काठमाडौँ–अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालसामु नेदरल्यान्ड्सले १९० रनको चुनौति पेश गरेको छ ।   जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेल सातौं  स्थानको लागि  भएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन जोड्यो ।
उसका लागि बस डे लीडले सर्वाधिक ३९ तथा म्याक्स ओुडोडले २८ रनको योगदान गरे ।

यस्तै बलिङतर्फ सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने, ललित राजवंशीले २–२ तथा शक्ति गौचनले १ विकेट लिए ।


यसअघि र भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको थियो । 
 
 एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप