समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदको भूमिका महत्वपूर्णः प्रम ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली,समृद्ध नेपालको ’ चाहना पुरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी हुने बताए ।
‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो ’ प्रधानमन्त्री ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ ।’
नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रीय हुन्छन् । उनीहरुद्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउछन् । ’
नेपालमा पनि जातीय,धार्मिक,भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभति जनताले पाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?