समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदको भूमिका महत्वपूर्णः प्रम ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली,समृद्ध नेपालको ’ चाहना पुरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी हुने बताए ।
‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो ’ प्रधानमन्त्री ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ ।’
नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रीय हुन्छन् । उनीहरुद्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउछन् । ’
नेपालमा पनि जातीय,धार्मिक,भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभति जनताले पाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण