शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

शनिबार, ०३ चैत २०७४, १२ : ०८
शनिबार, ०३ चैत २०७४

लहान- सिरहाको कर्जन्हा नगरपालिका–१ उतराइनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएको ४० भन्दा बढी घर टहरा जिल्ला वन कार्यालय सिरहाको टोलीले शुक्रबार साँझ भत्काएको छ । 

जिल्ला वन कार्यालयका कर्मचारी, वन रक्षकको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएको करिब ४० भन्दा बढी घर टहरा भत्काएको हो । 

सिरहाको विभिन्न सामुदायिक वनक्षेत्रमा अतिक्रमण बढेको भन्दै वन कार्यालयले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालेको छ । कमला नदीसँगै टाँसिएको उक्त सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकाले निर्माण गरिएको संरचना भत्काइएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए । 

अतिक्रमण गरिएको वनक्षेत्र खाली गर्न पटक÷पटक आग्रह गरे पनि कुनै सुनुवाइ नगरेपछि बाध्य भएर बल प्रयोग गरी घर टहरा भत्काइएको उनको भनाइ छ । जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने योजना रहेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप