शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लामो जीवनका लागि ७ टिप्स

शनिबार, ०३ चैत २०७४, ११ : ३१
शनिबार, ०३ चैत २०७४

स्वस्थ र लामो जीवन जिउने चाहना जोकोहीको हुन्छ । यसका लागि जीवनशैली व्यवस्थित गर्न जरुरी हुन्छ, जुन धेरै हदसम्म समय व्यवस्थापनसँग जोडिएको हुन्छ । त्यस्तै, नियमित कामका साथसाथै व्यायाम र परिवारका लागि पनि समय छुट्याउन जरुरी हुन्छ । लामो र खुसी जीवनका लागि यस्ता कुरा अवलम्बन गर्न जरुरी हुन्छ :

कम तनाव
लामो र सुखी जीवन चाहनुहुन्छ भने तनावलाई टाढा राख्न आवश्यक हुन्छ । किनकि, तनावको सीधा सम्पर्क स्नायुसम्बन्धी रोगसँग हुन्छ । तनाव नियमित लाइफस्टाइलका लागि पनि बाधक बन्छ । त्यसैले यस्तो प्रयास गर्नुस् कि तनावले तपाईंको जीवनमा निकै कम प्रभाव परोस् । विश्वका कैयौँ देशमा तनावलाई टाढा राख्न फरक–फरक शैली अंगीकार गरिएको पाइन्छ, जस्तै : ग्रिस र इटालीमा न्यापिङ लिने गरिन्छ ।

परिवारसँगै रहनुस्
पछिल्लो समय संयुक्त परिवारको संस्कार बिस्तारै हट्दै गएको छ । तर, संयुक्त परिवार पनि घरमा खुसी छाउने एउटा माध्यम हो । जहाँ बच्चाले एक–अर्काबाट संस्कार सिक्छन् । अनि तनाव दूर गर्ने र स्वस्थ रहने आइडिया लिन्छन् । यदि तपाईंले परिवारभन्दा टाढा रहेर खुसी हुने प्रयत्न गरिरहनुभएको छ भने गलत हुनुहुन्छ ।

सामाजिक काममा सक्रियता
विभिन्न सामाजिक काममा सक्रिय रहनु पनि तनावबाट टाढा रहने एउटा कारण हुन्छ । जुनसुकै कामलाई पनि एक्लै फत्ते गर्न सक्छु भन्ने कुरा दिमागबाट हटाउन जरुरी हुन्छ । अगाडि बढ्नका लागि सामाजिक रूपमा सक्रिय हुन पनि आवश्यक छ । जुन कामले तपाईंलाई बढीभन्दा बढी मानिसको बीचमा पुर्याउन पनि मद्दत गर्छ ।

व्यायाम गर्नुस्
नियमित व्यायामले फिट र सुन्दर मात्र बनाउँदैन, विभिन्न रोगबाट टाढा रहन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । व्यायाम लामो र खुसी जीवनका लागि निकै उपयुक्त माध्यम हो । यसका लागि तपाईंले त्यति ठूलो झन्झट पनि लिनुपर्दैन । बस्, २४ घन्टामा एक घन्टा समय मात्र छुट्याउनुस् । यसमा पनि बढीभन्दा बढी कार्डियो व्यायाम गर्ने प्रयास गर्नुस् । व्यायामका लागि स्विमिङ, साइक्लिङ, मर्निङवाक पनि निकै उपयुक्त माध्यम बन्न सक्छ ।

हटाउनुस् धूम्रपान र मध्यपान
धूम्रपान र मध्यपानले तपाईंको स्वास्थ्यमा खतरनाक असर त पु¥याउँछ नै, पारिवारिक जीवनलाई पनि तहसनहस पार्ने काम गर्छ । यसको प्रयोगले तनाव पनि बढाउने काम गर्छ । यदि लामो र खुसी जीवन चाहनुहुन्छ भने धूम्रपान र मध्यपान निकै कम गर्नुस् र बिस्तारै यसको बानी हटाउनुस् ।

सकारात्मक सोच
सकारात्मक सोचबारे धेरैबाट सुन्नुभएको होला । यसबारे लेखिएका थुप्रै पुस्तक छन् । स्वस्थ जीवनसँग जोडिएकाले पनि सकारात्मक सोचबारे थुप्रै लेख पनि आउँछन् । तसर्थ, पढ्नु पनि भएको होला । तर, के तपाईंले यस्तो सोचलाई आफ्नो जीवनमा लागू गर्नुभएको छ ? जीवनलाई सुन्दर बनाउन चाहनुहुन्छ भने सकारात्मक सोच निकै महत्वपूर्ण हुन्छ । सकारात्मक सोचले जहिले पनि सकारात्मक परिणाम ल्याउँछ । र, ऊर्जा पनि प्राप्त हुन्छ । जीवनलाई खुसी र लामो बनाउन चाहनुहुन्छ भने आफ्नो दृष्टिकोणलाई सकारात्मक बनाउनुस् । र, उद्देश्य राखेर अगाडि बढ्नुस् ।

हरियो तरकारी
हामी के खान्छौँ भन्ने कुराले स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ । हामीले खाने खानाबाट विभिन्न रोग लाग्छन् र खानाले नै रोगबाट बच्न पनि सकिन्छ । त्यसैले स्वस्थ जीवनका लागि फाइबर, भिटामिन, मिनरल्सयुक्त खाद्यपदार्थको नियमित प्रयोग गर्न जरुरी हुन्छ । यस्ता तत्व हरियो तरकारीबाट पर्याप्त मात्रामा प्राप्त हुन्छ, जस्तै : ब्रो–काउली, गोभी, पालक, मटर, बिन्स आदि । यसका साथै अन्न, नट्स र बिउयुक्त फलको पनि प्रयोग गर्न सक्नुहुन्छ । थोरै मात्रामा मासु, माछा र डेरी प्रडक्ट पनि प्रयोग गर्दा स्वास्थ्यलाई राम्रै गर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप