शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सातौं स्थानका लागि नेदरल्यान्ड्सकाे सामना गर्दै नेपाल

शनिबार, ०३ चैत २०७४, ११ : ३०
शनिबार, ०३ चैत २०७४

 
        काठमाडौँ–अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले साताँै स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।
 
        जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताँै स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको थियो । 
 
        एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप