बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब संसद भवनमै प्रचण्ड रिसाए...

शनिबार, ०३ चैत २०७४, १० : १८
शनिबार, ०३ चैत २०७४

काठमाडौं संसदमा हिजोको कार्यसूचि उपसभामुख चयनको थियो ।

मतदान अगाडि घण्टी बजाउने चलन छ ।

घण्टी बजिसकेपछि माओवादी अध्यक्ष प्रचण्ड उठे ।

केही पर पुगेर नेता बर्षमान पुनलाई हातको इसारामा बोलाए । 

बर्षमान गए । 

सानो आवाजमा प्रचण्डले भने, तपाईंहरुलाई के भएको हो, किन साथीहरु रिसाउँछन् ? मैले सकेसम्म मिलाएर त गरेकै छु ।

प्रचण्डको अनुहारमा तनाव र दवाव देखिन्थ्यो ।

बर्षमानले कोट मिलाए र केही बोलेनन् । 

फोटो पत्रकार भन्दा उनीहरु केही टाढा पुगे ।

थप संवाद गरे । तर, फोटोपत्रकारले चाहिँ सुन्न सकेनन् । 

हिजो मन्त्रीपरिषद विस्तारलाई लिएर माओवादीभित्र असन्तुष्टि देखिएको थियो ।

मन्त्री हुन नपाएका नेता पनि रिसाएक थिए । आफुले खोजेजस्तो मन्त्रालय नपाएको भन्दै मन्त्रीको लागि सिफारिस भएकाहरु पनि रिसाएका थिए । 

रिसाएका नेताहरुको व्यवहारबाट प्रचण्ड तनावमा थिए । 

प्रचण्डले बर्षमान पुनलाई हातको इसारामा बोलाए

बर्षमान पुन प्रचण्डको नजिक गए ।

प्रचण्डले बर्षमान पुनसँग कुराकानी गरे । 

हिजो माओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, बर्षमान पुन उर्जा, चक्रपाणी खनाल कृषि, शक्ति बस्नेत, वन तथा वातवरण र विना मगर खानेपानी मन्त्री बनेका छन् ।

माओवादीकै तर्फबाट रामकुमार चौधरी कृषि राज्यमन्त्री भएका छन् । 

माओवादीभित्र मन्त्रीका आंकाक्षी धेरै थिए ।

यस अघि रामबहादुर थापा गृह र मात्रिका यादव उद्योग मन्त्री भैसकेका थिए । 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप