बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार विधेयकलाई सैद्धान्तिक स्वीकृति

शनिबार, ०३ चैत २०७४, ०९ : ३९
शनिबार, ०३ चैत २०७४

पोखरा - प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्नेसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । 

बैठकले तीन विधेयक प्रदेशसभामा पेश गर्ने पनि निर्णय गरेको छ । 

पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधासम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीसबुँदे आचारसंहितासम्बन्धी विधेयक छन् । 

प्रस्तावित सेवासुविधासम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप