लिफ्ट मागेकी युवती माइक्रोबसभित्रै बलात्कृत
राजविराज - काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् ।
सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् ।
ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी थिइन् ।
बस स्टाफले माइक्रोमा हालेर नेपाल भारत सीमा क्षेत्रनजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सिरहाको भगवानपुर ९ का चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी ५ का खेमराज बैसे पक्राउ परेका छन् ।
मध्यराति १२ बजेको समयमा सीमा क्षेत्रबाट नियमित गस्ती गरेर फर्किरहेको टोलीले शंका लागेर माइक्रो जाँच गर्दा युवतीलाई बलात्कार गरिरहेकै अवस्थामा ती दुईलाई समातेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति