शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीमन्त्री  बीना मगरद्वारा पदबहाली

शनिबार, ०३ चैत २०७४, ०० : ०७
शनिबार, ०३ चैत २०७४

काठमाडौँ- खानेपानीमन्त्री बीना मगरले मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । 

पदबहाली गर्दै मन्त्री मगरले देश र जनताको चाहनाअनुसार जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री मगरले मन्त्रालयमा देखिएका विभिन्न समस्या समाधान गर्न सामूहिक कार्यको आवश्यकता पर्ने भन्दै सहयोगको अपेक्षा गर्नुभयो । 

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मन्त्रालयले गर्ने कार्य योजनाबारे मन्त्रीलाई जानकारी गराउनुभयो । मन्त्री मगर कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । 

मन्त्री मगर नेकपा (नेकपा माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप