शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद मन्त्री विश्वकर्माद्वारा पदवहाली

शुक्रबार, ०२ चैत २०७४, २३ : ३६
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले शुक्रबार पदवहाली गरेका छन् । शपथ ग्रहणपछि विश्वकर्माले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पदवहाली गरेका हुन् ।

पदवहालीअघि मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, युवा परिषद्का प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।

मन्त्री विश्वकर्माले नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाएको ऐतिहासिक क्षणमा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्न पाउनु खुशीको कुरा भएको बताउदै क्रिकेटको सफलतालाई अझ गति र उत्साहका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।
 उनले सबै खेलको विकासमा पनि उत्तिकै केन्द्रीत रहनेमा जोड दिदै विदेशिएका युवा शक्तिलाई आफ्नै देशमा बस्ने वातावरण निर्माण गर्न आकर्षक कार्यक्रमको खाचो रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप