मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले एक हप्ताभित्र स्थानीय तहमा अनुमानित बजेट विनियोजन गर्दै

शुक्रबार, ०२ चैत २०७४, १८ : २७
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं–सरकारले एक हप्ताभित्र सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको अनुमानित बजेट विनियोजन गर्ने भएको छ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले सबै स्थानीय तहमा एक हप्ताभित्र आगामी आर्थिक वर्षको अनुमानित बजेट पठाउने जानकारी गराएका थिए । 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सबै स्थानीय तहमा सरकारले वित्तीय हस्तान्तरणको माध्यामबाट पठाउने अनुमानित बजेटको काममा लागि परेको पनि स्पष्ट पारे । 

मन्त्री खतिवडाले तत्कालका लागि अनुमानित बजेटमा सामान्य बजेट र राजस्व बाँडफाँडबाट आउने बजेटको अनुमानित अंक उल्लेख हुने पनि स्मरण गराएका थिए ।  सरकारले स्थानीय तहमा वित्तिय हस्तान्तरणको माध्यामबाट बजेट पठाउने संवैधानिक व्यवस्था छ । मन्त्री खतिवडाले स्थानीय तहलाई सशर्त र विशेष अनुदानको पनि व्यवस्था केन्द्रिय सरकारले गर्ने योजना पनि सुनाए ।

अर्थमन्त्री खतिवडाले नयाँ संविधानले थप गरेको अधिकारलाई अवसरको रुपमा लिँदै काम गर्न पनि सबै नगरपालिकाहरुलाई निर्देशन दिए । उनले सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको पनि स्पष्ट पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप