शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन जनरल ईन्स्योरेन्सले गर्यो कर्पोरेट भवनको प्रारुप छनोट

शुक्रबार, ०२ चैत २०७४, १८ : १७
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– हिमालयन जनरल ईन्स्योरेन्सले आफ्नो कर्पोरेट भवनको प्रारुप छनोट गरेको छ । सो कम्पनीले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा काठमाडौंको बबरमहलस्थित आफ्नै ३५ आना जगगामा निर्माण हुने कर्पोरेट भवनको प्रारुप छनोट गरेको हो ।

यसअघि कम्पनीले सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) मार्फत भवन प्रारुप प्रतियोगिताको आह्वान गरेको थियो ।  सानेपास्थित समिट होटलमा आयोजित कार्यक्रममा नेपाल इन्जिनियरिङ् काउन्सिलमा दर्ता भएका सोसाइटी अफ नेप्लीज आर्किटेक्टस् (सोना) का सदस्य आर्किटेक्ट फर्म तथा व्यक्तिहरुबाट प्राप्त विभिन्न १९ वटा प्रारुपहरुमध्ये लाईन वर्क आर्किटेक्टबाट पेश भएको प्रारुप उत्कृष्ट घोषणा भएको कम्पनीले जनाएको छ ।  उक्त छनोटमा इनोभेटिभ डिजाईन कन्सर्न प्रा.लि. र मल्टी डिसिप्लिनरि कन्सल्टेन्टस् प्रा.लिले सान्त्वना पुरुस्कार प्राप्त गर्न सफल भएका थिए । 

कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठले उत्कृष्ट प्रारुपलाई १ लाख ५० हजार र सान्त्वना पुरस्कार विजेतालाई जनही ५० हजार नगद र प्रमाणपत्र प्रदान गरेका थिए । सबै सहभागी प्रतियोगीहरुलाई सोसाईटी अफ नेप्लीज आर्किटेक्टस् (सोना)का पूर्व अध्यक्षहरुबाट प्रमाण पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा सोसाईटी अफ नेप्लीज आर्किटेक्टस् (सोना)का महासचिव आर्किटेक्ट सुदिप शर्मा पौडेलले प्रारुप प्रतियोगिता आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै हिमालयन जनरल इन्स्योरेन्सले डिजाईन प्रतियोगितामार्फत आफ्नो भवनको प्रारुप छनौट गर्दै बीमा क्षेत्रमा नयाँ परम्परा शुरु गरेकोमा धन्यवाद दिए ।  

कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्यले उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराई आगामी २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको र भवन तयार भएपछि सो भवन काठमाण्डौको एक ल्याण्डमार्कका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

 प्रारुप प्रतियोगिता सफल बनाउन संलग्न सोना र निर्णायक मण्डल लगायत सबैलाई धन्यवाद दिंदै कम्पनीले आप्mनो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्यअनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाई आप्mनो प्रतिभा देखाउन समान अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप