शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

शुक्रबार, ०२ चैत २०७४, १७ : ३९
शुक्रबार, ०२ चैत २०७४

बुटवल– प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराएका हुन् । 

समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसीलगायत प्रदेश ५ का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप