शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस टिन प्रतियोगीले देखाए ट्यालेन्ट

शुक्रबार, ०२ चैत २०७४, १७ : २६
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस टिन ग्ल्याम २०१८’ का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाए । शुक्रबार तीनकुने स्थित ग्रिन क्याफेमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले गायन, नृत्य, वक्तृत्वकला लगायत आफुमा रहेको ट्यालेन्ट देखाएका हुन् । 

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लि. आयोजक रहेको प्रतियोगितामा करुणा श्रेष्ठ, रविनासिंह ठकुरी, ज्ञानु लामा, रश्मी अधिकारी, अनिशा शाही, अलिसा खड्का, युविका राई, श्रेया खड्का, जेसिका ताम्राकार, रोजिना राई, दीपिका श्रेष्ठ, सम्झना चौधरी, रितिशा खड्गी, रितिका योङहाङ लिम्बु, रजनी बम्जन लगायत १५ प्रतियोगी अन्तिम चरणको तयारीमा छन् । यी सबै प्रतियोगीले ट्यालेन्ट शीर्षकको उपाधिका लागि आफुमा रहेको प्रतिभा देखाएका हुन् । 

ट्यालेन्ट शोको निर्णायकमा कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), अभिनेता आदित्य बुढाथोकी, गायिका रीता केसी, नीतु कोइराला, गतबर्षको  टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइँटेल (बोके दाह्री) र गायक सिमान्त सन्तोष रहेका थिए ।

युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको आयोजक ग्ल्यामर वल्र्डका आशिष मिश्रले बताए ।  यहि ५ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदैछ । बिभिन्न प्रशिक्षणसहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतार्न लागेको कार्यक्रम संयोजक स्मृति कार्कीले बताइन् । 

शीर्षसहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगितामा प्रतियोगीले बिभिन्न उपहार र अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन् । कार्यक्रमको कोरियोग्राफर आश्विनी झा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप