शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : क्वाटरफाइनलमा रियल र युभेन्टस भिड्ने, सिटी र लिभरपुल

शुक्रबार, ०२ चैत २०७४, १७ : १०
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ ।

शुक्रबार गरिएको ड्रमा साबिक विजेता रियल म्याड्रिडले इटालियन क्लब युभेन्टसलाई प्रतिद्वन्द्वी पाएको छ । दुवै टोली गत सिजनको फाइनलमा भिडेका थिए जसमा रियल विजयी भएको थियो ।

यता, इंग्लिस क्लब म्यान्चेस्टर सिटीले प्रिमियर लिगकै टोली लिभरपुललाई प्रतिद्वन्द्वी पाएको छ ।

बायर्नले सेभियाको सामना गर्नेछ भने बार्सिलोनाले रोमालाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप