बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट काण्डका आरोपीलाई तारेखमा छाडेर अनुसन्धान

शुक्रबार, ०२ चैत २०७४, १६ : ५८
शुक्रबार, ०२ चैत २०७४

बिन्दु कमार चौहान
 

रुपन्देही–लुम्बिनी संरक्षण शुल्क नक्कली टिकट काण्डमा पक्राउ परेकाहरुलाई प्रहरीले तारेखमा छोडेर अनुसन्धान सुरु गरेको छ । उनीहरु गत फागुन  २७ गते पक्राउ परेका थिए । 

टिकट काण्डमा मुछिएकाहरुबाट जघन्य अपराध नभएकाले म्याद थप गर्न नमिल्ने भएपछि बयान लिएर तारेखमा छाडेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

गत आइतवार बिहान थाई पर्यटकहरुको समुह मायादेबी मन्दिर भित्र प्रबेश गर्दा सुरक्षा चेकजाँचका क्रममा नक्कली टिकट फेला परेपछि सुरक्षा दस्ताले कोषका कर्मचारी गंगाराम गिरी,भारतीय पथ प्रर्दशक, बेद ब्यास दुबे, स्थानीय टयाक्सी ड्राईभर मकशूद र अर्सदलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप