शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

शुक्रबार, ०२ चैत २०७४, १६ : ४१
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभाको उपसभामुखमा एमाले नेतृ शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । 
संसद बैठकमा मत विभाजनका आधारमा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित भएकी हुन् ।
तुम्बाहाम्फेले उपसभामुख पदमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् । 
उनका प्रतिस्पर्धी काँग्रेसकी पुष्पा भुसालको पक्षमा ५८ मत परेको थियो ।
संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालगायतका सांसदले पनि एमाले नेतृ तुम्बाहाम्फेको पक्षमा मतदान गरेका थिए । 
तुम्बाहाम्फे ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप