शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्की आक्रमणको योजना बनाइरहेका ४७ व्यक्ति पक्राउ

शुक्रबार, ०२ चैत २०७४, १६ : ३८
शुक्रबार, ०२ चैत २०७४

एजेन्सी– टर्कीको दक्षिणी भागमा रहेको आदाना प्रान्तको विभिन्न इलाकामा आक्रमणको योजना बनाइरेहका कम्तीमा ४७ व्यक्ति पक्राउ परेका छन् ।  राज्यद्वारा सञ्चालित समाचार समिति आनादुलुले शुक्रबार दिएको जानकारीअनुसार ती व्यक्तिले विभिन्न स्थानमा हिंसात्मक आक्रमण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । 

आतङ्कबाद सम्बन्धि उजुरी हेर्न प्रहरीको एक समूहले आदाना प्रान्तको ७३ स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीको क्रम ती सदिग्ध व्यक्ति पक्राउ परेको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

कुर्दिस वर्कर पार्टी (पिकेके) को आह्वानमा ती आक्रमणका योजना भइरहेका थिए– एकजना वरिष्ठ प्रहरी अधिकारीले प्रेसलाई जानकारी दिए।  पक्राउ परेका ती व्यक्तिमा पाँच महिला र १० बालबालिकासमेत रहेका जनाइएको छ । आक्रमणका लागि उनीहरुले बालबालिका पनि प्रयोग गर्ने गरेको खुलासा भएको पनि प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप