शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघमा चन्दा विवाद, असन्तुष्टको आरोपमा शाहीको प्रष्टिकरण

शनिबार, ०३ चैत २०७४, ११ : ००
शनिबार, ०३ चैत २०७४

काठमाडौं– नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले संगठनको मर्मविपरित  चन्दा उठाएको भन्दै केही केन्द्रीय सदस्यले आरोप लगाएका छन् । तर,  उपाध्यक्ष शाहीले भने आफ्नो चरित्र हत्या गर्ने मनसायले संगठनभित्रभित्रका केहि असन्तुष्ट पक्षले गलत आरोप लगाएको दाबी गरेका छन् । 

शाहीले  शनिबार एक विज्ञप्ति जारी गर्दै संघकै केन्द्रीय सदस्य देवराज जोशी, गणेश भट्ट इश्वरी बम र कैलाश चन्दले विज्ञप्ति जारी गरेर चरित्र हत्या गर्ने काम गरेको  उल्लेख गरेका छन् । ४ केन्द्रीय सदस्यले चैत १ गते विज्ञप्ति जारी गरेर शाहीमाथि आरोप लगाएका थिए । 

त्यसको जवाफमा जारी शाहीको विज्ञप्तिमा भनिएको छ– संगठनभित्रकै कोहि व्यक्तिहरु जो स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्दैनन्, जो चाकरी चाप्लुसीमा विश्वास गर्छन्  र अर्कोको अन्त्यष्टिमा  आफ्नो भविष्य उज्ज्वल देख्छन् । त्यस्ता व्यक्तिहरुले दर्ता चलानी बिनाको पत्र र स्क्यान गरेको मेरो हस्ताक्षर कलेजको नाम समेत मेटाई नितान्त नक्कली कार्य गरेर  चरित्र हत्या गर्ने दुस्प्रयास गरेका छन् ।’
उनले आफूले कुनै गलत कार्य नगरेको भन्दै भ्रममा नपर्न आग्रह समेत  गरेका छन् । 

यसअघि राजधानीका केही निजी कलेजहरुलाई चैत महिनाको १२ र १३ गते ‘प्रदेश नम्बर ७ मा हुने प्रशिक्षण कार्यक्रम’ का लागि भन्दै उपाध्यक्ष शाहीले पत्राचार गरेर  चन्दा माग गरेको आरोप जोशी, भट्ट, बम  र चन्दले लगाएका थिए । 

उनीहरुले शाहीले  चन्दा उठाएर नेविसंघलाई धाराशायी बनाउने र संगठनको गरिमामाथी नै आँच आउने काम गरेको दाबीससिहत कारबाही गर्न माग गरेका थिए । 

तर, शाहीले भने अब त्यस्तो नक्कली काम गर्नेहरुमाथि  नै कारबाहीको लागि संगठनमा आफूले कुरा उठाउने रातोपाटीलाई बताए ।  

सच्याइएकाे*
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप