शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिन पारेर शम्भुजीतले हाने ‘चौका दाउ’

शुक्रबार, ०२ चैत २०७४, १६ : ३०
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं –चलचित्र ‘चौका दाउ’ निर्माण हुने भएको छ । राजधानी आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बाँस्कोटाको कथा र संगीत रहने चलचित्र उनकै छोरा सौर्यजीव बाँस्कोटाले निर्माण गर्न लागेका हुन् । 

चलचित्र संगीतकार बाँस्कोटाको जन्मदिनको अबसर पारेर बिहिबार साँझ घोषणा गरिएको हो । जन्मदिनको केक समेत काटेका बाँस्कोटाले कार्यक्रममा चलचित्र मनोरञ्जन प्रधान र समाजिक बिषयमा बन्ने बताए । 
बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनको भनाई रहेको छ । 

चौका दाउलाई पूर्णेन्द्र झाले निर्देशन गर्दैछन् । यसअघि राजनीतिक चलचित्र संरक्षण निर्देशन गरेका झाले आफ्नो पहिलो चलचित्र भन्दा चौका दाउ फरक रहने दाबी गरे । 
विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चलचित्रका लागि चयन भएका छन् । 

यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि चलचित्रको विशेष भूमिकामा रहेको छन् । नायक र नायिको चयन हुन बाकी रहेकबो कार्यक्रममा जानकारी दिइयो । 

चलचित्रका निर्मातामा मनोजराज भण्डारी र सौर्यजीत बाँस्कोटा रहेका छन् । दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बाँस्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बाँस्कोटाको संगीत र बाँस्कोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर चलचित्रमा रहनेछ । 

– घोषणा सभामा बोल्दै अग्रज कलाकार सन्तोष पन्तले कथा ससक्त र रमाईलो रहेकाले आफुले यो चलचित्रमा अभिनय गर्न लागेको बताए । 

–अर्का कलाकार विल्सन बिक्रम राईले नेपाली संगीत क्षेत्रका अग्रज श्रष्टा शम्भुजीत बाँस्कोटाको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप