शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, ०२ चैत २०७४, १६ : १५
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– कमल अधिकारीको सांगितिक धुनमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गायक प्रमोद खरेलले यसअघि गाएका ‘म बिना पोखरामा’, ‘ओई झुमा’, ‘चल बतास चल’ जस्ता गीतहरु अहिले पनि चर्चामा छन् । त्यसैगरी श्रोताको मन छुनेगरी संगीत भर्न खप्पिस संगीतकार अधिकारीले संगीत भरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो पनि श्रोता–दर्शकले मन पराउने आशा गरेको रचनाकार प्रमोद भण्डारीले बताएका छन् ।

रिस्ता बस्नेत र नविनराज रेग्मीले अभिनय गरेको यस गीतमा किरण नेपालीले निर्देशन गरेका छन् भने श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ । दीक्षा इन्टरनेशलन प्रा.लिमार्फत उक्त म्युजिक भिडियो बिहीबारदेखि बजारमा आएको गीतकार भण्डारीले बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप