शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएस बंगला विमान दुर्घटनाबारे प्रधानमन्त्री ओलीले गरे संसदमा सम्बोधन, विशेष प्रस्ताव पारित

शुक्रबार, ०२ चैत २०७४, १५ : ०३
शुक्रबार, ०२ चैत २०७४

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा गत २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटना र त्यसपछि भइरहेको काम कारबाहीबारे सदनलाई जानकारी गराएका छन् ।
शुक्रबारको पहिलो संसद बैठकमा सार्वजनिक महत्वको बक्तव्य दिँदै प्रधानमन्त्री ओलीले अकल्पनीय दुर्घटनामा ठूलो मानवीय क्षति भएको भन्दै अमुल्य जीवन गुमाउने सबैमा श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समावेदना प्रकट गरे । 

दुर्घटनाबाट बच्न सफल घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार र उपचार कार्यमा संलग्न नेपाल नागरिक उडड्न कार्यालय, नेपाली सेना,प्रहरीलाई धन्यवाद ज्ञापन गरे । साथै अस्पताल, चिकित्सक, अग्नि नियन्त्रकको उद्धारकार्य पनि प्रशंसनीय रहेको बताए । 

प्रधानमन्त्री ओलीले यस घटनालाई नेपाल सरकारले दुःख र गम्भीर रुपमा लिएको संसदलाई जानकारी गराए । दुर्घटनालगतै अन्य मन्त्रीहरुका साथ आफु तत्काल घटनास्थल पुगेर बस्तुस्थिति बुझेको र उद्धारका लागि प्रेरित गरेको बताए । घटनालगतै बंगलादेशी प्रधानमन्त्रीलाई फोन गरेर दुःख ब्यक्त गर्दै उपचारमा कुनै कमजोरी नहुने भन्दै आश्वस्त पारेको पनि बताए । 

घटनास्थलको निरिक्षणपछि त्यहाँ कुनै कुराको कमी हुन नदिने गरी प्रबन्ध गरेर घाइतेहरुलाई भेटन अस्पताल गएको र उपचारमा संलग्न चिकित्सकहरुसँग भेटको जानकारी गराए । उनीहरुलाई उपचारमा कुनै कमि हुन आफुले निर्देशन दिएको बताए ।

त्यसै दिन किन त्यसरी घटना घट्यो र भविष्यमा त्यस्ता घटना हुन नदिनका लागि पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन आयोग गठन गरेको जानकारी दिए । समितिले दिएको प्रतिवेदन अनुसार आवश्यक कदम चालिने पनि उनले जानकारी दिए । 

प्रधानमन्त्री केपी ओलीले संसद बैठकलाई सम्बोधन गर्दै भने,
–दुखित र भारी मन लिएर संसदमा उपस्थित भएको छु ।
–फागुन २८ गते युएस बंगला विमान त्रिवि विमान्स्थलमा दुर्घटनाग्रस्त हुन पुग्यो । अकल्पनीय, त्रासदी र हृदयविदारक घटनामा ठूलो मानवीय क्षति हुन गएको छ । दुर्घटनामा परेर अमूल्य जीवन गुमाउने सबैमा हामी सबैको तर्फबाट । श्रद्धासुमन अर्पण र परिवारमा समवेदना व्यक्त गर्छु । परिवार मात्रै होइन, नेपाल र बंगलादेशका सबै जनता शोकमा छन् । दुर्घटनामा बचन सफल भएका घाइतेको स्वास्थ्य लाभको कामना गर्दछु ।
–विमान दुर्घटनापछि उदार कार्यमा संलग्न सबैमा धन्यवाद दिन चाहान्छु  ।
–घटनालाई दुःखद र गम्भीर दुर्घघटनाका रुपमा सरकारले लिएको सदनलाई जानकारी गराउँछुु ।
–दुर्घटनालगत्तै आफुलगायत उच्च सरकारी अधिकारीसहित घटनास्थल पुगेर उदार र उपचारमा शीघ्रता ल्याउन निर्देशन र आवश्यक कदम चाल्ने काम भएको छ  । 
–तत्कालै आफुले बंगलादेशका प्रधानमन्त्रीसँग सम्पर्क गर्न खोजे तत्काल सम्पर्क नभएपनि केहीबेर पछि कुरा गरेर समवेदना व्यक्त गर्दै उद्धार र उपचारमा कुनै कमी नहुनेमा आश्वस्त पार्न चाहान्छु  ।
–जहाज दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको छ । आयोगले काम सुरु गरिसकको छ । 
–प्राप्त अहिलेसम्मको सुचना अनुसार चालकदलका चार सदस्यसहित ७१  जना दुर्घटनाग्रस्त विमानमा सवार थिए । त्यसमा ३३ नेपाली चलाकसहित ३६ वंगलादेशी र एक चीन एक माल्दिभ्सका थिए । ४९ जनाको निधन २२ नेपाली र २६ वंगाली र १ माल्दिभसका । 
–भविष्यमा यस्ता दुर्घटना हुन नदिन सरकारले चाल्नुपर्ने कदमका बारेमा उपयुक्त कदमा चाल्ने प्रतिबद्धता व्यक्त गदर्छौ ।

विशेष प्रस्ताव पारित 

प्रधानमन्त्री ओलीको वक्तव्यपछि बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस बंगला एयर अवतरणका क्रममा दुर्घटना भई आगलागी हुँदा २२ जना नेपाली, चालक दलका सदस्यसहित २८ जना बंगलादेशी र एकजना चिनियाँ नागरिकसहित ५१ जना यात्रुको निधन तथा २० जना घाइते भई उपचाररत भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्ने विशेष प्रस्ताव पारित भयो । 

प्रस्तावमा निधन भएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा दुर्घटनामा परी निधन भएकाहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । 

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आजै १५ मिनेटपछि बस्ने बैठकमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप