बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादीले टुंगो लगायो मन्त्रीको नाम, जनार्दनले मन्त्री बन्न मानेनन्

शुक्रबार, ०२ चैत २०७४, १५ : ०३
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा  सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ । 

माओवादीभित्रका चर्चित नेता मानिने जनार्दन शर्मा भने  मन्त्री बनेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ । 

उनलाई प्रम केपी ओलीले समेत आफ्नो क्याबिनेटमा राख्न चाहेका थिए ।  जनार्दनलाई  प्रभावकारी काम गर्न सक्ने नेता भएको  भन्दै ओलीले  समेत मन्त्री बनाउने चाहेको बताइएको छ ।  तर, कामै नहुने  मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री नबन्ने भन्दै उनले अस्वीकार गरेको बताइएको छ । 

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।

 पुनलाई उर्जा तथा जलस्रोतमन्त्री बनाइएको छ भने पोखरेललाई  शिक्षा बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै  मगरलाई खानेपानी मन्त्री बनाइएको छ । 

उनीहरुले  आजै पद तथा गोपनियताको सपथ  लिने तयारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप