शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङले पाए नेपालकै पहिलो सिइओ अवार्ड

शुक्रबार, ०२ चैत २०७४, १४ : ००
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ–पहिलो सिइओ अफ दि इयरको उपाधि बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले पाएका छन् । नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल सिइओ अवार्डको उपाधि घिसिङ्गले जितेका हुन । बुधबार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनमा ८ बिधामा अवार्ड वितरण गरिएको छ ।

सिइओ अफ दि इयरसहित पपुलर सिइओ अफ दि इयर र सिइओ अफ दि इयर पब्लिक सेक्टरको उपाधिमा कुलमान घिसिङ्गले जितेका हुन् । सिइओ अफ दि इयर योेंगमा इसेवाका अगजर अलि, सिइओ अफ दि इयर वोमनमा द्धारिका होटलको सञ्चालिका अम्बिका श्रेष्ठ, सिईओ अफ दि इयर एसएमईमा पोखराकि महिला उद्यमी र सिइओ अफदि इयर प्राइभेट सेक्टरमा बुद्ध एयरका प्रमुख वीरेन्द्र बस्नेतले जितेका हुन । जुरी च्वाइस अवार्ड भने तिलगंगा आँखा अस्पतालका चिकित्सक डा.सन्दुक रोइतलाई प्रदान गरिएको छ । 

अवार्ड समारोहको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अवार्डको उद्घाटन सत्रको उद्घाटन गर्दै नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका थिए । 

समारोहको उद्घाटन गर्दै, प्रचण्डले यस खालका कार्यक्रमले निजी तथा सरकारी क्षेत्रका सिइओहरुलाई नतिजामुखी हुनमा उत्प्रेरणा मिल्ने बताए । कार्यक्रममा उद्योगमन्त्री मात्रिका यादव, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल, पूर्व अर्थमन्त्रीहरु रामशरण महत र सुरेन्द्र पाण्डे लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप