बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अशक्तको सशक्त काम : हात गुमाए, हिम्मत गुमाएनन्

शुक्रबार, ०२ चैत २०७४, १३ : ५०
शुक्रबार, ०२ चैत २०७४

तेजेन्द्र के.सी.

बुटवल–बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा पेट्रोल पम्प र आश्रय मोटर साइकल रिकिन्डिसनको बीचमा तीनतले घर छ ।  

घरको अगाडि केही इँटा र बालुवाको थुपै राखिएको छ ।

बालुवा र इँटा बोक्ने काम एक अधवैँसे व्यक्तिले धमाधम गरेका छन् ।

इँटा निकै फूर्तिसाथ माथिल्लो तलमा पुर्याउँछन् ।

भकाभक इँटा उठाउने अनि माथिल्लो तलामा पुर्याउने काम निकै फूर्तिसाथ गरेको हेर्न केही मान्छे जम्मा भए थिए । 

मान्छेले इँटा बोक्ने व्यक्तिको एउटा हात नभएपछि इँटा धमाधमा बोकेको भन्दै हेर्दैको भीडमा म पनि पसेँ ।

उनको कर्मले अरूलाई प्रेरणा दिन्थ्यो ।

मलाई पनि लाग्यो ।

उनी कामको हतारमा थिए ।

हाफ पाइन्ट, टिसर्ट  र कालो टोपी लगाएका ४४ वर्षीय  प्रेम सुनारको दाहिने हातको कुहिनाबाट काटिएको छ ।

स्पष्ट बोल्न पनि सक्दैनन् ।

एक खेप इँटा माथिल्लो तलमा पुराएपछि नजिकैको चिया पसलमा केही बेर कुराकानी गर्न तयार बने ।

पाल्पा पोखराथोक घर भएका प्रेमबहादुर सुनारका आफन्त २०५४ सालमा दिल्लीबाट आउँदै थिए ।

सुनार आफन्तले आग्रह गरेपछि बुटवलबाट भैरहवा जाने लु १ ख ९०९ नम्बरको बस चढे ।

बस भैरहवा नपुग्दै रुपन्देहीको भलबारीमा दुर्घटना भयो ।

दुर्घटनामा उनीसहित १२ जना घाइते भए ।

लुम्बिनी अञ्चल अस्पताल बुटवल र पाल्पाको  मिसन अस्पतालमा ४५ दिनको उपचारपछि घर फर्के ।

घर जाँदा अपाङ्ग बने ।

दुर्घटनापछि उनको दाहिने हात कुहिनाबाट काटियो ।

बोली आजीवन अस्पष्ट भयो । 

काठको मिस्त्री काम गर्ने सुनारलाई बस दुर्घटनाले जिगन्दीको अर्को मोडमा ल्याइदियो ।

पाल्पामा काठको मिस्त्री कामँसगै सानो फर्निचर उद्योग समेत चलाएका थिए उनले ।

अब त्यो अवस्था रहेन, दाहिने हात कुहिनाबाट काटियो ।

अनि बोली पनि स्पष्ट भएन ।

मिस्त्री काम पनि छाड्नु पर्यो  ।

 केही समय घरमै बसे ।

तर, सधैँ घरमा बस्न मनले मानेन, अर्कोतिर आर्थिक अवस्थाले पुग्दैन्थ्यो । 

केही काम पाइने आशले ५६ सालतिर बुटवलम झरे ।

तर, श्रीमतीलाई विश्वास लागेन

बुटवल झरेपछि के गर्ने ?

पढाइ लेखाइ  खासै छैन ।

कक्षा ३ सम्म पढेका सुनारको उद्योग व्यपार गर्नका लागि पैसा पनि थिएन ।

बुटवलमा खालि बसेर पनि भएन ।

सुरुमा रिक्सा चलाउने मनसाय बनाए ।

‘रिक्सा चलाउन सक्छ भन्ने अरू कसैलाई विस्वास थिएन’  उनले सम्झिए ।

रिक्सा धनीले पनि  रिक्सा भाडामा दिन आनाकानी गरे । 

रिक्सा चलाउन साहूले पनि नपत्याउने, घरमा श्रीमतीले पनि नपत्याउने ।

उनलाई निकै निरासा बनायो ।

उनी आफुलाई रिक्सा चलाउन कुनै अप्ठ्यारो लाग्दैथ्यो ।

तर अरूले पत्ताउदैनथे । 

साहूले नदिए पनि साथीले रिक्सा दिए ।

तीन दिन चलाएपछि  रिक्सा घनीको मन पनि बदलियो । 

घरमै आएर चलाएर खाऊ भन्दै रिक्सा दिए ।

अनि श्रीमती पनि खुसी भइन् ।

रिक्सा चलाउँदा भाडाबापत ५० रुपियाँ दिन्थे र वाँकी पैसा आफै राख्थे । 

कमाइ दिनको ३ देखि ४ सयसम्म हुन्थ्यो । 

काठको मिस्त्री काम बुटवलमा जता पनि पाइथ्यो ।

तर दुवै हात नहुँदा मिस्त्री काम सम्भव भएन ।

बाध्यताले रिक्सा चलाउन थालेका हुन् ।

रिक्सा चलाउँदा पनि आम्दानी  ठिकै भयो ।

जब बुटवलमा अटो रिक्सा भित्रिए ।

उनले चलाउने पैदल रिक्साका ग्राहक घटे ।

उनको कमाइ पनि सुक्यो ।

६ जनाको परिवार पाल्न कठिन भयो ।
सपछि इँटा बोक्ने र बालुवा बोक्ने काम थाले । 

इँटा बोक्न काटिएको हातले कुनै अठ्यारो पारेको छैन ।

एक ट्रली ट्याकरको इँटा माथिल्लो तलमा पुराउन १५ सय रुपियाँ माग्छन्  ।   

बालुवाको पनि उस्तै मुल्य छ ।   

जब ठेकेदारसँग काम गर्ने  समझदारी हुन्छ ।

बिहानै ६ बजेदेखि लाग्छन्, साँझसम्म काम पूरा गरेका हुन्छन् ।

‘१२-१५ सय रुपियाँ दिनमा कमाउन केही गाह्रो हुँदैन् ।’ उनले भने ।

उनले भने ‘बिहानै आउँछु, साँझसम्म काम गरेर घर जाँदा एक ट्याक्टरको इँटा बोक्न सकिन्छ ।’

ठेकेदारले फोन गरेर बोलाउँछन् ।

छोरी क्यापस पढाउँछन्

बुटवल ११ देवीनगरको झोलुङ्गे पुल नजिकै  सुनारको घर छ ।

१८ हात मोहडा १८ हात पिछाड भएको  एक तले घर छ ।

तीनवटा कोठा छन् । एउटा सानो किचन पनि छ ।

जहाँ उनीसहित ६ जनाको परिवार बस्छ  ।

श्रीमती दुई छोरी, एक छोरा त्यही घरमा बस्छन् ।

एक छोरा रोजगारीका लागि भारत  पुगेका छन् ।

बुटवलको देवीनगरस्थित प्रगति नगरमा अपाङ्ग आश्रम छ ।

उनलाई त्यहाँ बस्न मन पर्दैन ।
भन्छन्, आफ्नो श्रम र जागर बेचेर इज्जतका साथ बस्दाको मज्जा बैग्लै हुन्छ ।’  

छोरीहरूले चाहेजति पढाउन पाउनु नै सबैभन्दा खुशी भएको बताए ।

उनकी जेठीछोरी बुटवल बहुमुखी क्यापसमा बीए  दोस्रो वर्ष अध्ययन गछिन् ।

एउटा छोरी कान्ती सामुदायिक विद्यालयमा अध्ययनरत छिन् । 

एक छोरा रोजगारीको सिलसिलमा भारत छन् ।

श्रीमती घरमै छन् ।

छोरीलाई पढाइ खर्च गर्न कहिल्यै मन नखुम्च्याइएको उनले बताए ।

अपाङ्ग कार्ड प्रयोगविहीन

बस दुर्घटनामा अपाङ्ग बनेपछि कार्ड बनाउन उनले चासो देखाएन् ।

सरकारले अपाङ्गलाई ४ बटा कार्ड लागू गरेको छ ।

रातो, निलो, पहलो अनि सेतो  । 

रातो कार्ड प्रयोग गर्दा मासिक २ हजार भत्ता, स्वास्थ्य उपचार छुट, सार्वजनिक यातायताम छुट छ ।

आपङ्ग भएको धेरै वर्ष पछि अरूको आग्रहमा सेतो कार्ड बनाएका छन् ।

तर, प्रयोग कहिल्यै गरेका छैन् ।

बसमा कतै जादाँ कार्ड देखाएर भन्दा पैसा नै दिएर जाने गरेको बताए ।

कार्ड देखाए पनि बसमा, अस्पतालमा छुट दिन निकै आनाकानी गर्ने हँुदा माग्न मन नलाग्ने खुलाए ।

‘छुट माग्दा कहाँ दिने अनेक कुरा गर्छन् । त्योभन्दा खुरुक्क पौसा दियो, टन्टै साफ ।’ उनले भने ।

अपङ्ग भएकालाई उनले भने, ‘किन रकम छुट माग्ने ? पैसा  तिर्न नसक्ने बस किन चढ्ने ?’

अरू साथीहरूसँग मागेर जानुपर्ने बताउँछन् ।

उनले काम गर्दा ठेकेदारलाई  अपाङ्गलाई नहेप्न आग्रह गरे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप