बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेष्ठ नागरिकका लागि ग्राण्डी अस्पतालले  ल्यायो ५ हजारको स्वास्थ्य परीक्षण प्याकेज

शुक्रबार, ०२ चैत २०७४, १३ : ४९
शुक्रबार, ०२ चैत २०७४

काठमाडौ- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा जेष्ठ नागरिक बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ ।
२०७४ चैत्र ४ गते आइतबार देखी लागू गरिएको यस प्याकेज अफरमा ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिककालागि मूल्य अभिवृद्धि कर सहित मात्र पाँच हजार रुपैँयामा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यबस्था छ ।
प्याकेजमा सिबिसी, सुगर र्यान्डम , सेरम कोलेस्ट्रोल, क्रियाटिनिन,एसजिओटी, एसजिपिटी, युरिक एसिड, युरिन रुटिन, चेष्ट एक्स रे,इसिजी,युएसजी, बोन मिनरल डेन्सिटोमेट्री लगायतका जाँच तथा आइ कन्सल्टेशन, डेन्टल कन्शल्टेशन र चिकित्सक सँगको परामर्श समाबेश गरिएको  अस्पतालले जनाएको  छ ।
अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले सिनियर सिटिजन हेल्थ चेक अपसँगै बेसिक हेल्थ चेक अप,कम्प्रिहेन्सिभ हेल्थ चेक अप,एक्जिक्यूटिभ हेल्थ चेक अप,एक्जिक्युटिभ प्लस हेल्थ चेक अप,डायबेटिज हेल्थ चेक अप,कार्डियाक हेल्थ चेक अप,चाइल्ड हेल्थ चेक अप, किड्नी हेल्थ चेक अप,वुमन्स हेल्थ चेक अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप