शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले गरे यस्तो आह्वान

शुक्रबार, ०२ चैत २०७४, १३ : ०७
शुक्रबार, ०२ चैत २०७४

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गरेका छन् ।  उनले भनेका छन्– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र मतदान गर्नु । रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुदैछ । 

रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पनि उम्मेदवार रहेका छन् । उनीसहित उक्त निर्वाचनमा अरु सातजना उम्मेदवार रहेका छन् ।  मतदाताहरुलाई शुक्रबार गर्नुभएको एक विशेष सम्बोधनका क्रममा उनले भने– प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस् । 

उनले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि सोही सम्बोधनका क्रममा आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।  रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको छ भन्दै उनले रुस, यहाँका बालबालिका र सबै नागरिकको भविश्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्ने कुरामा जोड दिए । 

देशको आर्थिक विकास ठूलो उपलब्धि 

यसैबीच अर्को एक सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास विगतका वर्षहरुको तुलनामा लगभग दोब्बर भएको दाबी गरेका छन् ।  राष्ट्रपति पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि पनि देशको आर्थिक विकासनै हो भन्नुभएको प्राप्त सो समाचारमा जनाइएको छ ।  राष्ट्रपति पुटिनले भने– देशको ठूलो उपलब्धि भनेको यस अवधिमा देशको अर्थतन्त्रमा वृद्धि गर्नु पनि हो र यसलाई रुसी जनताले प्रत्यक्ष अनूभूति गरेका छन् भन्ने हामीले ठानेका छौँ । 

रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको छ, यो गएका केही वर्षयताको नै एक ठूलो उपलब्धि हो– उनले बताए ।  यही आर्थिक वृद्धिका कारण नै रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्यामा पनि कमी आएको दाबी उनले आग्रह गरे । देशमा उल्लेखनीय रुपमा आर्थिक विकास भएको महसुश रुसी नागरिकले पनि गरेका छन्– उनले भने । 

रुसको सरकारले देशमा गरिबी कम गर्नका लागि गरिब र धनीबीचको अन्तर पनि घटाउने काममा सरकार लागिपरेको सो सम्बोधनका क्रममा उनले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप