बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन नम्बर प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब निर्धारण, कसले कति पाउँदैछन् ?

शुक्रबार, ०२ चैत २०७४, १२ : ५९
शुक्रबार, ०२ चैत २०७४

हेटौँडा– प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।  प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । 

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । 

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता रु दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ । उपप्रमुखले रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । 

यस्तै उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब पाउनेछन् भने वडाध्यक्षले रु २५ हजार पाउनेछन् । त्यस्तै, नगरपालिकाका प्रमुखले रु ३५ हजार, उपप्रमुखले रु ३१ हजार र वडाध्यक्षले रु २२ हजार तलब पाउनेछन् । 

गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउनुहने विधेयकमा उल्लेख छ ।  यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनुहनेछ भने उपप्रमुखले रु ४० हजार २०० पाउनुहुने व्यवस्था सो विधेयकमा उल्लेख छ ।

यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप