शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी चर्चित अभिनेत्री जसले ‘रेप सिन’ दिएर बनाए चलचित्र हिट

शुक्रबार, ०२ चैत २०७४, १२ : ३४
शुक्रबार, ०२ चैत २०७४

मुम्बई – बलिउड अभिनेत्रीले प्रायः सबै प्रकारको चलचित्रमा अभिनय गरेका छन् । ती चलचित्रमा लभ सिन होस् वा एक्सन अथवा रेप सिन नै किन नहोस् – जमेर उनीहरुले भूमिका निर्बाह गर्ने गर्दछन् । यस्ता सिनका कारण अभिनेत्रीको चर्चा मात्र हुने गरेको छैन । चलचित्र हिट समेत भएका छन् ।

सन् २००२ मा निर्माण भएको चलचित्र ‘दीवानगी’मा अभिनेत्री उर्मिला मातोडकरलेले दिएको रेप सिनले बलिउडमा निकै चर्चा पाएको थियो । चलचित्रमा उर्मिलाको अलवा अजय देवगन र अक्षय खन्ना समेत मुख्य भुमिकामा रहेका थिए ।

त्यसै २००२मा आएको अर्काे मल्टिस्टारको अभिनय रहेको चलचित्र जानी दुश्मनमा पनि अभिनेत्री मनिषा कोइरालाले रेप सिन दिएकी थिइन् । चलचित्रको कथा नै उनको रेप सिनबाट सुरु गरिएको थियो । चलचित्रमा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेको देखाइएको छ ।

अनिल कपुर र ऐश्वर्या राय अभिनित चलचित्र ‘हमारा दिल आपके पास है’मा पनि ऐश्वर्याले रेप सिन दिएकी थिइन् । २००० मा आएको यो चलचित्र ऐश्वर्याको रेप सिनका कारण चलेको थियो । 

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘मातृ’मा पनि अभिनेत्री रवीना टंन्डनले रेप सिन दिएकी थिइन् । चलचित्रको पुरै घटना रेप र आमाको बदलामा आधारित रहेको छ । 

अभिनेता संजय दत्त र काजल अभिनित चलचित्र ‘दुश्मन‘ पनि रेप सिन रहेको थियो । १९९८मा आएको यो चलचित्रमा काजोलले रेप सिन दिएकी थिइन् । चलचित्र सार्वजनिक प्रदर्शनमा सुपरहिट साबित भयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप