बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सारा ‘वाईल्ड रिपर्स’ सँग भिडियोमा

शुक्रबार, ०२ चैत २०७४, ११ : ५०
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं – अभिनेता निखिल उप्रेतीसँग दुई चलचित्र अभिनय गरेपछि चर्चा कमाउन असफल अभिनेत्री सारा सिर्पाली म्युजिक भिडियोमा पनि देखिएकी छन् । 

भारतिय टिभी च्यानल स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेण्ड रनरअप डान्स ग्रुप ‘वाईल्ड रिपर्स’सँग उनले भिडियो खेलेकी हुन् । 

‘तिमी हाँस्दा डिम्पल पर्छ’ बोलको रोमान्टिक गीतमा यी दुबैको अभिनय देख्न सकिन्छ । गीतमा स्वर राम बज्यू तामाङको रहेको छ । 

दिपक भट्टराई शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियो उत्सव दाहालले छायांकन गरेका छन्, भने निशान घिमिरेको सम्पादन र अर्जुन अधिकारीको निर्देशन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप