शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोहिंग्याहरुको लागि फेसबुक बन्यो ‘राक्षस’

शुक्रबार, ०२ चैत २०७४, ११ : ३१
शुक्रबार, ०२ चैत २०७४

बीबीसी । म्यानमारमा नरसंहारको जाँच गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले फेसबुकले नरसंहारमा सहयोग गरेको रिपोर्ट दिएको छ । रिपोर्टमा फेसबुक सो समय जनावरजस्तो भएको उल्लेख भएको छ ।

गत वर्ष अगस्टबाट आजसम्म लगभग ७ लाख रोहिंग्याहरु भागेर बङ्लादेश गए । त्यो समयबाट म्यानमार सेनाले राखिने प्रान्तमा ‘विद्राही’विरुद्ध कारबाही शुरु गरेको थियो ।

फेसबुकले भने उसको माध्यममा घृणाको लागि कुनै स्थान नभएको बताएको छ । 

फेसबुककी प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनिन् “हामीले यो कुरालाई गम्भिर रुपमा लिइरहेका छौं । म्यानमारका विशेषज्ञहरुको सहयोगमा कयैन बर्षसम्म सुरक्षा संसाधनहरु र घृणायुक्त जवाफविरुद्ध अभियान तयार गर्न काम गरेका छौं ।”

उनले भनिन्, “निश्चयनै यसमा अझ बढी गर्न सकिन्छ । यसका लागि हामीले स्थानिय विशेषज्ञहरुसँग मिलेर काम गरिरहन्छौं ।”

मुसलमानविरुद्ध उग्रता 
 

सोमबार म्यानमारका लागि गठित संयुक्त राष्ट्र संघिय जाँच समूहले आफ्नो जाँचका क्रम प्राप्त केही तथ्यहरुलाई सार्वजनिक ग-यो ।

पत्रकार सम्मेलनमा बोल्दै समूहकी अध्यक्ष मारजुकी दरसम्यानले समाजिक सञ्जालले मानिसहरुमा रोहिंग्या मुसलमानहरुप्रति घृणा बढाउन उलेख्य भूमिका निभाएको बताइन् ।

उनका अनुसार घृणायुक्त भनाई फैलाउन समाजिक सञ्जालको मुख्य भूमिका रहेको थियो । म्यानमारमा सामाजिक सञ्जालको नाममा फेसबुक मात्र रहेको छ ।

म्यानमारमा मानवअधिकारको स्थीतिको निगरानी गर्न सयुक्त राष्ट्र नियुक्त गरेकी ऐंगही लीले भने, ‘हामी जान्दछौ कि कट्टर राष्ट्रवादी बौद्धहरुको फेसबुक एकाउण्ट छ । रोहिंग्या मुसलमानहरुको विरुद्ध घृणा र हिंसा भड्काइरहेका छन् ।’

“मैले भन्नै पर्छ फेसबुक अब जनावरमा बदलिएको छ । अब यो जे कामको लागि बनाइएको थियो त्यो रहेन ।” लीले भनिन् ।
 

रिपोर्टमा के छ ?
यो अन्तरिम रिपोर्ट बङ्लादेश, मलेशिया र थाइल्याण्डमा शरण लिइरहेका ६०० पीडितसँग गरिएको कुराकानीमा आधारित रहेको छ । यसको साथमा समूहले भूउपग्रहबाट प्राप्त तस्वीरहरु र म्यानमारको राखिने प्रान्तमा खिचिएका फोटो र भिडियो फुटेजहरुको पनि विश्लेषण गरेको थियो ।

रिपोर्टमा भनिएको छ कि कयैन मानिसहरुले गाँउबाट भाग्ने क्रममा गोली लागेर ज्यान गुमाएका थिए । रोहिंग्या मुसलमानहरुको गाँउमा भीषण गोलाबारी भएको समूहको अध्ययनले पत्ता लागेको थियो । केही मानिसहरुलाई तिनकै घरमा जलाएर मारिएको थियो । यसमा धेरैजसो भाग्न नसकेका असक्त, अपाङ्ग र बालबच्चा थिए ।

म्यानमार सरकारले यस अघि सयुक्त राष्ट्रलाई रोहिंग्याविरुद्ध अपराधहरु भएको भन्ने उसको आरोपलाई प्रमाणित गर्न चुनौती दिएको थियो । 

यसका लागि संयुक्त राष्ट्रले गर्न लागेको स्वतन्त्र जाँचमा म्यानमार सरकारले अवरोध गरेको भनेर संयुक्त राष्ट्रले आरोप लगाएको छ ।

एम्नेष्टी इन्टरनेशनल र अन्य कयैन शहणार्थी र मानवअधिकारवादी संगठनहरुले म्यानमारको सेनाले सयौको हत्या गरेको, कयैन महिलाहरुलाई बलात्कार गरेको र रोहिंग्याहरुको गाँउ नष्ट गरेको आरोप लगाएका छन् ।
 

फेसबुकको अप्ठ्यारो
फेसबुकले बीबीसीसँगको कुरामा म्यानमारमा घृणायुक्त पोष्टहरु चिन्हलाई भएको अफ्ठ्याराहरु बताएको छ ।

अघिल्लो वर्ष जुलाईमा फेसबुकले यसको उदाहरण दिदैं भनेको थियो –म्यानमारमा मुसलमानहरु लाई जनाउन ‘कलर’ शब्द सामान्य हिसाब पनि प्रयोग गरिन्छ तर कुनै समयमा यही शब्द अपमानजनक हसाबले पनि प्रयोग गरिन्थ्यो ।

“हामीले यो शब्दको अर्थ आम मानिसहरुको लागि बदलिरहेको पायौ । यसैले हामीले यसको प्रयोग कुनै व्यक्ति वा समुदायमाथि हमलाका लागि गरिदाँ यसलाई हटाउने र सामान्य तरिकाबाट गरिदा नहटाइने निर्णय गयौं ।”

फेसबुकको भनाइ थियो, “तर निर्णय कार्यन्वयन गर्न अर्को अप्ठ्यारो आइलाग्यो । हामीलाई यो शब्दको सन्दर्भ बुझ्न मुश्किल भइरहेको थियो । हामीले यसको समाधानका लागि यो शब्दको सन्दर्भहरुको अध्ययन ग-यौं । त्यसपछि हामीलाई यसको सही अर्थ थाहा लाग्यो । यस्ता अरु पनि चुनातीहरु रहेका छन् ।”

सयुक्त राष्ट्रले यो विषयको अन्तिम रिपोर्ट सेम्टेम्बरमा प्रस्तुत गर्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप