बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष २०७५ मा यामाहाको ‘आमन्त्रण’

शुक्रबार, ०२ चैत २०७४, ११ : १२
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं–नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । 
‘आमन्त्रण’ नामक योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् । जसमा उसले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।
‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएको एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नुहुनेछ ।’
स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।
 ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाउनुहुनेछ । 
यसैबीच, यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको छ जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सप्र्राइज गिफ्ट’ पाउनेछन् । यामाहाले यामाहा स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप